काठमाडौं । धनगढी वाइल्डक्याट्सलाई पाँच अंकले पराजित गर्दै काठमान्डु माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।

योसँगै फाइनल प्रवेश गर्न काठमान्डुले विराटनगर ब्यान्डिट्ससँग खेल्ने छ । विराटनगर पहिलो क्वालिफायरमा जनकपुर नाइट्ससँग ३४-३२ ले पराजित भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा काठमान्डुले धनगढीलाई ५०-४५ ले पराजित गरेको हो । योसँगै धनगढी प्रतियोगिताबाट बाहिरिएको छ ।

काठमान्डुले खेल अवधिभर रेडबाट २३, ट्याकलबाट आठ, दुई अलआउटबाट चार र बोनसबाट १५ अंक जोड्यो । धनगढीले भने रेडबाट १७, ट्याकलबाट आठ, दुई अलआउटबाट चार र बोनसबाट १६ अंक मात्रै जोड्न सक्यो ।

पहिलो हाफमा धनगढीले ६ अंकको अग्रता लिएको थियो । रेडबाट ११, ट्याकलबाट सात, दुई अलआउटबाट चार र बोनसबाट एक अंक जोडेको थियो । काठमान्डुले भने रेडबाट चार, ट्याकलबाट तीन र बोनसबाट १० अंक मात्रै बटुल्न सक्यो। योसँगै पहिलो हाफ २३-१७ मा सकिएको थियो ।

तर, दोस्रो हाफमा काठमान्डुले ३३ अंक जोड्दै सानदार पुनरागमन गर्यो। धनगढीले भने २२ अंक मात्रै थप्न सक्यो । काठमान्डुले हरेक क्षेत्रमा सुधार गरेको थियो । रेडबाट १७, ट्याकलबाट ६, दुई अलआउटबाट चार र बोनसबाट ६ अंक बटुल्यो ।

धनगढीले भने रेडबाट चार, ट्याकलबाट दुई र बोनसबाट १६ अंक बटुले पनि जितका लागि पर्याप्त रहेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *