म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा चौथो डिभिजनको क्लब साल्फोर्ड सिटिलाई ८-० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणमा स्थान पक्का गरेको हो । 

घरेलु मैदान इतिहाद रंगशालामा सिटीलाई फराकिलो जित दिलाउन जेम्स म्याकएटीले ह्याट्रिक पूूरा गरे । त्यस्तै जेरिमी डोकुले दुई गोल गर्दा डिभाइन मोबामा, निको ओ’राइली र ज्याक ग्रेलिसले समान एक गोल गरे ।

खेलको आठौं मिनेटमा डोकुले सुरुवाती गोल गरेका थिए । सुरुमै दवावमा आएको साल्फोर्डले दोस्रो गोल २०औं मिनेटमा खान पुग्यो । जसमा मोबामाले गोल गरेका थिए । ओ राइलीले ४३औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे ।

४९औं मिनेटमा ग्रेलिसले पेनाल्टीमार्फत गोल गर्दा सिटीको अग्रता ४-० मा पुग्यो । म्याकएटीले ६२औं मिनेटमा गोल गर्दा सिटी ५-० ले अगाडि बढ्यो । सात मिनेटपछि नै डोकुले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे ।

म्यनकएटीले ७२ र ८१औं मिनेटमा ह्याट्रिक पूरा गर्दै साविक उपविजेता सिटीलाई ८–० को जित दिलाए ।

गएराति नै भएका खेलमा जित निकाल्दै वाइकम्ब, एस्टन भिल्ला, वुल्भ्स, ब्ल्याकबर्न रोभर्स, बिर्मिङ्घम सिटी, लेस्टर सिटी, नटिङ्घहम फरेस्ट एफए कपको चौथो चरणमा पुगेका छन् । यसैगरी प्लाइमाउथ आर्गाइल, बर्नमाउथ, ब्राइटन, बर्नली, एक्सटर सिटी, स्टोक सिटी, लिड्स युनाइटेड, कोभन्ट्रीले पनि चौथो चरणमा स्थान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *