केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगितामा आयोजक केराबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

केराबारी-८ स्थित केराबारी रङ्गशालामा आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई १-० ले हराउँदै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

केराबारीको जितमा ३१औं मिनेटमा सुजन चौधरीले फ्रि–किक मार्फत गरेको गोल निर्णायक बन्यो । 

खेलको म्यान अफ दि म्याच भने केराबारीका विदेशी खेलाडी डेनियल ताए घोषित भए । उनले रु ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार बेलबारी फुटबल क्लब मोरङ र विर्तामोड युनाइटेड झापाबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ । 

प्रतियोगिताको विजेताले रु ३ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल पुस २६ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *