केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगितामा चात्यासा दमक सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार केराबारी-८ स्थित केराबारी रङ्गशालामा भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा चित्लाङ एफसी काठमाडौंलाई २-० गोलले पराजित गर्दै चात्यासाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

चात्यासाका लागि दुबै गोल हरि कार्कीले गरे । खेलमा चात्यासाका हरि कार्की म्यान अफ दि म्याच समेत घोषित भए । उनले रु ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बुधबार पानवारी फुटबल क्लब धरान र बेलबारी फुटबल क्लब मोरङबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु ३ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल पुस २६ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *