श्रीलंकासँँगको पहिलो एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डले शानदार जित हासिल गरेको छ ।

न्यूजिल्याण्डको वेलिङटनमा सम्पन्न पहिलो एकदिवसीय खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ९ विकेटले हराएको हो । श्रीलंकाले दिएको १७९ रनको झिनो लक्ष्य न्यूजिल्याण्डले २६.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो ।

न्यूजिल्याण्डका लागि विल योङले ८६ बलमा ९० रनको नटआउट पारि खेले । उनले १२ चौका प्रहार गरे । यसैगरी रचिन रविन्द्रले ३६ बलमा ४५ रन बनाएर आउट भए । उनले १ छक्का र ६ चौका प्रहार गरेका थिए । मार्क चापम्यानले ३६ बलमा २९ रन बनाउँदा ३ चौका हिर्काए ।

श्रीलंकाका लागि एक मात्र विकेट चामेदु बिक्रमासिंघले लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४३.४ ओभरमा सबै विकेट गुमाएर १७८ रन बनाएको थियो ।

श्रीलंकाका लागि आविष्का फर्नान्डोले ६३ बलमा ५६ रनको अर्धशतकीय पारि खेले । उनले एक छक्का र ६ चौका प्रहार गरेका थिए । यसैगरी जनिथ लियांगेले ३६ रन बनाउँदा वानेन्दू हसरंगाले ३५ रनको योगदान गरे । चमिदु विक्रमासिंघेले २२ रन बनाउँदा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरेका थिए ।

घरेलु टोली न्यूजिल्याण्डका माट हेनरीले ४ विकेट लिए । उनले १० ओभरको स्पेलमा १ ओभर मेडन राख्दै १९ रन खर्चिएका थिए । जेकब डफी र नाथन स्मिथले समान दुई विकेट लिँदा मिचेल स्टारनरले १ विकेट हात पारे ।

जितसँगै न्यूजिल्याण्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब दोस्रो खेल ८ तारिखमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *