जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टमा अफगानिस्तानका इस्मत आलमले आफ्नो टेस्ट डेब्युमै शतक प्रहार गरेका छन् ।

जिम्बाब्वेको क्विन स्पोर्ट्स क्लबमा भएको दोस्रो इनिङ्समा अफगानिस्तानका आलमले शतक बनाएका हुन् । आफ्नो डेब्यु खेलको पहिलो इनिङ्समा शून्य रनमा आउट भएका इस्मतले दोस्रो इनिङ्समा शानदार शतक प्रहार गरे ।

उनी टेस्ट क्रिकेटको डेब्युमै शतक बनाउने पहिलो अफगानिस्तान ब्याट्सम्यान बनेका छन् । इस्मतले १७३ बलमा ९ चौका प्रहार गर्दै यो उपलब्धि हासिल गरेका हुन् ।

केही साताअघि उनी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सबाट खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *