पहिलो पटक प्रधानमन्त्री कप महिला क्रिकेट खेल्न लागेको विभागीय टोली त्रिभुवन आर्मी क्लबको अन्तिम टोली घोषणा गरिएको छ । सोमबार लक्ष्मी साउदको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।
आर्मीले माघ ७ गते बागमती प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
आर्मीको टोली
लक्ष्मी साउद (कप्तान), निग्मा तामाङ, मनिषाकुमारी चौधरी, अन्जली विश्वकर्मा, सम्झना खड्का, आश्मा पुलामीमगर, रुवी पोदार (विकेटपिकर), सुस्मिता भुसाल, राधिका पुजारा, संगीता गुरुङ, सीता शाही, यमुना थारु, पिंकी बोहारा, इश्वरी विष्ट
