पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाले अन्तिम टोली घोषणा गरेको छ ।

च्याम्पियन्स ट्रफीका लागि प्याट कमिन्सको कप्तानीमा अष्ट्रेलियन क्रिकेट बोर्डले १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अनुभवी तीव्र गतिका बलर जोस हेजलवुड पनि समावेश भएका छन् ।

हेजलवुडले भारतविरुद्धको पछिल्लो टेस्ट श्रृंखलाका दुई खेल चोटका कारण गुमाएका थिए । उनी कमिन्स र मिशेल स्टार्कसँगै पुनः अष्ट्रेलियाको प्रमुख बलिङ आक्रमणमा फर्किनेछन् ।

अष्ट्रेलियाले यसअघि २००६ र २००९ मा च्याम्पियन्स ट्रफी जितेको थियो । नवौं संस्करण २०१७ पछि पहिलो पटक आयोजना हुँदैछ । नवौं संस्करणको च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म आयोजना हुँदैछ ।

अष्ट्रेलियाले समूह चरणमा अफगानिस्तान, इंग्ल्यान्ड, र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

अष्ट्रेलियाको टोली

प्याट कमिन्स (कप्तान), एलेक्स केरी, नाथन एलिस, आरोन हार्डी, जोस हेजलवुड, ट्राभिस हेड, जोस इङ्ग्लिस, मार्नस लाबुशेन, मिच मार्श, ग्लेन म्याक्सवेल, म्याट शर्ट, स्टिभ स्मिथ, मिशेल स्टार्क, मार्कस स्टोइनिस, एडम जाम्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *