केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिट्सले लगातार दोस्रो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइबार भएको दिनको पहिलो खेलमा काठमाडौं माभेरिक्सलाई विराटनगरले ४४-४३ को स्कोरमा पराजित गरेको हो ।

खेलमा काठमाडौँले पहिलो स्कोर जोडेको पनि उक्त अग्रता जोगाउन सकेन । खेलको पाँचौँ मिनेटमै ९-२ हुँदा काठमाडौँ अलआउट भयो । पुनः काठमाडौँ १३ मिनेटमा दोस्रो पटक अलआउट भयो । अवस्थामा २२-४ को अवस्थामा कप्तान घनश्याम रोक्का मगरले तीन जनालाई आउट गराउँदै २२-८ स्कोरमा पुऱ्याए ।

१६ मिनेटमा विराटनगर २२-१४ को स्कोर बनाउँदै पहिलो पटक अलआउट भयो । पहिलो हाफ २६-१९ को स्केले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा सुरुआतदेखि नै अग्रता बनाएको विराटनगर ३६-३३ को स्कोरमा पुन दोस्रो पटक अलआउट भयो ।

खेलमा ३९-४१ को अवस्थामा कप्तान घनश्यामले दुई खेलाडीलाई टच गर्दै स्कोर ४१-४१ मा ल्याए । तर, अन्तिम समयमा विराटनगरले स्कोर गर्दै लगातार दोस्रो जित हासिल गर्यो ।

जितसँगै विराटनगर दुई खेलमा स्पष्ट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित काठमाडौँले समान दुई खेलबाट ६ अंंक जोडेको छ ।

पहिलो खेलमा बिराटनगरले धनगढी वाइल्डक्याट्सलाई हराएको थियो भने काठमाडौँले पोखरा लेकर्समाथि जित हासिल गरेको थियो ।

यसैगरी आजै हुने दोस्रो खेलमा पोखरा लेकर्स र हिमालयन रेडर्स भिड्ने छन् । नेपालमा पहिलो पटक जारी फ्रेन्चाइज एनकेएल लिगमा कुल ६ टोलीको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *