नेपाल कबड्डी लिग (एनकेएल) मा हिमालयन रेडर्सले पहिलो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारको दोस्रो तथा अन्तिम खेलमा पोखरा लेकर्सलाई हिमालयन रेडर्सले ३४-३० अंकले पराजित गरेको हो ।

खेलमा हिमालयन दुई पटक अल आउट भएको थियो भने पोखरा एक पटक अल आउट भयो । पहिलो हाफमा १३-११ ले अग्रता बनाएको हिमालयनले उक्त अग्रतालाई जोगाउँदै खेलमा जित हासिल गर्यो ।

जितसँगै दुई खेलमा पाँच अंक जोडेको हिमालयन तेस्रो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको पोखराको दुई अंकका साथ पाँचौं स्थानमा छ । 

यसअघि पहिलो खेलमा पोखरा काठमाडौँसँग पराजित भएको थियो । यता, हिमालयन जनकपुरसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *