विभूषण कोइराला, भक्तपुर

प्रधानमन्त्री कपमा चौथों स्थानमा रहेर जय ट्रफीमा छनोट भएको मधेस प्रदेश आफ्नै भुमिमा हुने प्रतियोगिताको उपाधि आफैसँग राख्न चाहन्छ । हरिशंकर साहको नेतृत्वमा रहेको मधेशको आज हामी पूर्वावलोकन गर्न जाँदैछौं ।

प्रधानमन्त्री कपको उत्कृष्ट ब्याटर भएर नेपाल राष्ट्रिय टिममा कमब्याक गरेका मधेस प्रदेशका ओपनर अनिल साहले चोटको कारण यस प्रतियोगिता गुमाउने छन् । एनपीएलको दौरान चोटको सिकार भएका अनिलको अभाव मधेस प्रदेशलाई पक्कै पनि हुनेछ । प्रधानमन्त्री कपमै राम्रो प्रदर्शन गरेका पवन श्रराफले पनि चोटको कारण जय ट्रफी खेल्न पाउने छैनन् ।

अनिल र पवन को अनुपस्थितिमा मधेसको ब्याटिङको जिम्मेवारी कप्तान हरिशंकर साहले लिनु पर्नेछ । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका हरि बायाँ हाते ओपनरका साथ साथै अफ स्पिन समेत गर्ने गर्छन् । पोखरामा सम्पन्न भएको केपी ओलि कपमा मधेशलाई आफ्नो अलराउन्ड प्रदर्शनले उपाधि दिलाएका हरीले मधेश क्रिकेटलाई एउटा नयाँ रुप दिएका छन् ।

रुपेश सिंह र राजेश यादवले मधेसबाट ओपनिङ स्पेल फ्याल्ने छन् भने यु-१९ मा आफ्नो पेसले सबैलाइ प्रभावित पारेका अबिशेक तिवारीको बल खेल्न विपक्षलाई कठिन हुनेनै छ ।

नेपाल यु-१९ का ओपनर मयन यादव पनि मधेसबाट नै खेल्ने छन् । यु-१९ मा निकै नै राम्रो गरेका मयनले कप्तान हरीशंकर साहसँगै ओपन गर्नेछन् ।

२०१६ को यु-१९ बिश्वकपको अनुभव बोकेका हिमान्शु दत्त विकेट किपरको भुमिकामा मैदान प्रवेश गर्ने छन् भने रन्जित कुमारले स्पिनबाट टिमलाई विकेट दिलाउन सक्छन् ।

युवा खेलाडीले भरिएको मधेसले आफ्नो अनुभवी खेलाडी अनिल र पवनलाई गुमाएपनि, ट्रफी भने घरमै राख्ने योजना बुनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *