अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) अन्तर्गत हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि राष्ट्रले आयोजक राष्ट्रको नाम आफ्नो जर्सीमा लेखु पर्ने नियम छ । तर च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो टोलीको जर्सीमा पाकिस्तानको नाम नराख्ने निर्णय गरेको छ ।

सन् २०२४ मा सम्पन्न आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सबै राष्ट्रका टोलीले आफ्नो जर्सीमा आयोजक राष्ट्रको नाताले वेष्टइण्डिज र संयुक्त राज्य अमेरिकाको नाम लेखेका थिए । भारतले पनि यी दुवै राष्ट्रको नाम लेखिएको जर्सी लगाएको थियो ।

सो सम्बन्धमा पाकिस्तानी क्रिकेट बोर्डका एक पदाधिकारीले बीसीसीआई क्रिकेटमा राजनिती गर्न लागेको आरोप लगाएका छन् । यो क्रिकेटको लागि राम्रो संकेत नभएको पनि बताए । साथै उनले बीसीसीआई यस्तो कदम उठाए पनि आईसीसीले भारतलाई यस्तो गर्न नदिने बताए ।

यसअघि बीसीसीआईले च्याम्पियन्स ट्रफीको ओपनिङ सेरोमनीमा भारतीय कप्तान रोहित शर्मालाई पाकिस्तान पठाउन अस्विकृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *