इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेससँग १-१ गोलको बरारीमा रोकिएको छ ।

क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा जिन फिलिप मटेटाले खेलको अन्तिमतिर गोल गरेपछि चेल्सी बराबरीमा रोकियो ।

खेलमा प्यालेसलाई सुरुदेखि नै दबाबमा राखेको चेल्सीले १४ औं मिनेटमा अग्रता लिएको थियो । कोल पाल्मरको गोलबाट लिएको अग्रता ८२ मिनेटपछि टिक्न सकेन ।

१५औं स्थानको क्रिष्टल प्यालेससँगको यो बराबरीका कारण चेल्सीले तालिकाको तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । २० खेलबाट ३६ अंक बनाएको चेल्सी हाल चौथो स्थानमा छ । चेल्सीले पछिल्लो जित हात नपारेको यो लगातार चौथो खेल हो । प्यालेस भने २० खेलमा २१ अंंक जोडेर १५औं स्थानमा कायम छ ।

शनिबार भएको अर्को खेलमा म्यान्चेष्टर सिटीले भने वेष्टह्याम युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

इर्लिङ हालाण्ड चम्किँदा सिटीले घरेलु मैदानमा शानदार जित हात पार्यो । खेलको १०औं मिनेटमा भ्लादिमिर कुफलको आत्मघाती गोलका कारण अग्रता लिएको म्यान्चेष्टर सिटीले ४२औं मिनेटमा अग्रता दोब्बर बनायो । इर्लिङ हाल्याण्डले गोल गर्दै सिटीले हाफ टाइमअघि दरिलो अवस्थामा पु¥याए ।

५५औं मिनेटमा हाल्याण्डले टिमका लागि दोस्रो र सिजनको १६औं गोल गरे । जुन गोलसँगै सिटीले आग्रता ३-० मा लम्ब्यायो । हाल्याण्डको दुबै गोलमा साभिन्होको पासमा गरेका थिए ।

त्यसको तीन मिनेटपछि फिल फोडेनले केभिन डि ब्रुयनाको पासमा गोल गरेपछि सिटी ५८औं मिनेटमा ४-० ले अघि रह्यो ।खेलको ७१औं मिनेटमा वेष्टह्यामका निक्लास फुल्करगले सान्तवना गोल गरे ।

सिटी २० खेलमा ३४ अंक जोडेर प्रिमियर लिग टेबलको पाचौं स्थानमा छ भने वेष्टह्यामको २३ अंकका साथ १३औं स्थानमा छ ।

प्रिमियर लिगका अन्य खेलमा न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई २-१, एएफसी बर्नमाउथले एभर्टनलाई १-०, एष्टन भिल्लाले लेस्टर सिटीलाई २-१ र ब्रेन्टफोर्डले साउथह्याम्टनलाई ५-० ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *