केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि चात्यासा दमक र पानबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहिबार केराबारी-८ स्थित केराबारी रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चात्यासाले केराबारी फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै पानबारीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ म्याच चात्यासाका गोलरक्षक योगेस धिमाल घोषित भए । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

चात्यासा र पानबारीबीच हुने फाइनल खेल पुस २७ गते शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले रु ३ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।
