काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले निवर्तमान विभागीय प्रमुख प्रेम बहादुर मल्लालाई बिदाई गरेको छ ।
२०५३ सालमा शाखा अधिकृतबाट परिषद्मा सेवा प्रवेश गरेका र अधिकृत प्रथम श्रेणीबाट अवकास भएका मल्ललाई संघले सम्मान पत्रसहित बिदाई गरेको हो ।

संघका अध्यक्ष सरस्वती केसीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष रन्जन थापाले मल्लले तीन सय ४१ जना कर्मचारी बढुवामा प्रशासनिक नेतृत्व प्रदान गरेको भन्दै मल्लको प्रशंसा गरेका थिए ।
संघले गरेको विधाई कार्यक्रममा विभिन्न विभाग तथा शाखा प्रमुखहरुको सहभागिता रहेको संघका महासचिव कुमार बस्नेतले बताएका छन्
सोही अवसरमा संघले हालै प्रशासन विभाग प्रमुख नियुक्त हुन भएका भोजानन्द राईलाई बधाई तथा शुभकामना दिएको बस्नेतले बताए ।
