एन्फा यु–१६ युथ लिग सोमबार संकटा क्लब र हिमालयन शेर्पा क्लब बिजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा संकटाले खुमलटार तथा हिमालयन शेर्पाले आर्मीलाई पराजित गरेको छ ।

दिनको पहिलो खेलमा सातदोबाटोले एफसी खुमलटारलाई ३-२ गोल अन्तरले हरायो । सातदोबाटोको जितमा आयुश खड्का र एल्बिन लिम्बुले समान १ गोल गर्दा १ गोल आत्मघाती उपहार पाएको हो । खुमलटारका लागि प्रियसन महतले १ गोल फर्काए ।

जितसँगै ८ खेलबाट १२ अंक जोडेको सातदोबाटो अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित खुमलटार समान खेलबाट ३ अंकका साथ आठौं स्थानमा छ ।

दिनको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबले बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो । हिमालयन शेर्पाको जितमा समीर तामाङ सुजन स्याङ्तान, समीर तामाङ र पल्लभ लामाले गोल गरे ।

जितसँगै ९ खेलबाट ७ अंक जोडेको हिमालयन शेर्पा अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । ९ खेलसम्म जितविहिन रहेको आर्मी पुछारमा अर्थात ११औं स्थानमा छ ।

प्रतियोगितामा तीन बिभागीय टोलीसहित कुल ११ टोली सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *