एसी मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । सोमबार साउदी अरेबियाको रियादमा भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै एसी मिलानले उपाधि जितेको हो ।
पहिलो हाफमा इन्टर हावी भएको खेलमा दोस्रो हाफमा भने एसी मिलानले कमब्याक गरेको थियो ।
इन्टर मिलानका कप्तान लाउटारो मार्टिनेजले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै १-० को अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमै इरानी फर्वार्ड मेहदी तारेमीले अर्को गोल थपेपछि इन्टर २-० को सहज अवस्थामा रहेको थियो ।
एसी मिलानले ५३औं मिनेटमा राफेल लियोले बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिकलाई थियो हेर्नान्डेजले गोलमा परिणत गर्दै खेलमा फर्काउने शंकेत गरे ।
खेलको ८० औं मिनेटमा लियो र हेर्नान्डेजको समन्वयले मिलानलाई बराबरी गोल दिलायो । हेर्नान्डेजको क्रसलाई पुलिसिकले दुई पटक बल नियन्त्रण गर्दै गोलमा परिणत गरेपछि खेल २-२ को बराबरीमा आएको थियो ।
खेलको इन्जुरी समयमा पुलिसिकले दायाँ विंगबाट बल अघि बढाउँदै लियोलाई पास दिए । लियोले इन्टरका गोलकिपर यान सोमरलाई छल्दै बल ट्यामी अब्राहमसम्म पु¥याए, जसले सहजै गोल गर्दै मिलानलाई ३-२ को एतिहासिक जित दिलाउन सफल भए ।
एसी मिलानले आफ्नो आठौं सुपरकप जित्दै सन् २०१६ पछि यो प्रतियोगितामा पहिलो सफलता हासिल गरेको हो । एसी मिलानले इन्टरसँँग सुपर कप (आठौं पटक) जितेको रेकर्ड बराबरी गरेको छ ।
