आर्सनलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डमाथि ३-१ को पुनरागमन जित निकालेको हो ।

ब्रेन्टफोर्डको घरेलु मैदानमा आर्सनललाई जित दिलाउन ग्याब्रिएल जिसस, मिकेल मेरिनो र ग्याब्रिएल मार्टिनेलीले समान एक-एक गोल गरे । ब्रेन्टफोर्डका ब्रायन एम्ब्युमोको गोल सान्त्वाना बन्यो ।

खेलको १३ औं मिनेटमा ब्रायन एम्ब्युमोको गोलमार्फत ब्रेन्टफोर्डले अग्रता लिएको थियो । तर, ब्रेन्टफोर्डको अग्रता लामो समय सम्म टिक्न सकेन ।

खेलको २९औं मिनेटमा ग्याब्रिएल जिससले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । त्यसैगरी खेलको ५०औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि आर्सनलले २-१ ले अघि बढ्यो । त्यसपछी ग्याब्रिएल मार्टिनेलीले ५३औं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे ।

खेलमा १७ वर्षीय इथान नवानेरीले आफ्नो पहिलो प्रिमियर लिग खेल खेले । उनले बुकायो साकाको स्थानमा खेल्दै प्रभावशाली प्रदर्शन गरे ।

जितसँगै लिगमा आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको लिभरपुलको भन्दा आर्सनल ६ अंकले पछि रहेको छ । तर लिभरपुलले आर्सनल भन्दा एक खेल भने कम खेलेको छ । आर्सनलको १९ खेलबाट ३९ अंक हुँदा पराजित भएको ब्रेन्टफोर्ड २४ अंकका साथ १२ औं स्थनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *