बेलबारी । मोरङको बेलबारीमा जारी प्रदेश स्तरीय यु-१५ पुरुष फुटबल प्रतियोगितामा विराटनगरको जनपथ फुटबल एकेडेमी र न्यु स्टार एकेडेमी विजयी भएका छन् ।

बेलबारी-३ स्थित प्रस्तावित बेलबारी रङ्गशालामा बुधबार भएको पहिलो खेलमा जनपथ फुटबल एकेडेमीले एन्फा एकेडेमी मोरङलाई २-१ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा पुगेको छ ।

जनपथलाई जित दिलाउन निमेश बस्नेतले गोल गरे । जनपथले अर्को एक गोल भने एन्फा मोरङका अनमोल मगरबाट आत्मघाती उपहार पाएको थियो । एन्फा मोरङका बिकेश मगरले एक गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच जनपथका योङहाङ लिम्बू चुनिए । उनले एक जोड फुटबल जुत्ता प्राप्त गरे ।

त्यसैगरी, दोस्रो खेलमा न्यु स्टार एकेडेमीले आयोजक बेलबारी फुटबल क्लब ‘बी’ लाई ३-० गाोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरको छ ।

न्यु स्टारको जितमा क्षितिज धामीले २ तथा पेरिस खत्रीले एक गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच न्यु स्टारका पेरिश खत्री घोषित भए । उनले एक जोड फुटबल जुत्ता प्राप्त गरे । उनलाई मोरङ फुटबल संघका अध्यक्ष सन्जिब बुढाथोकीले पुरस्कार प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *