बार्सिलोनाका युवा विंगर लामिन यमालले स्पेनिस सुपर कप गुमाउने भएका छन् ।
ला लिगा अन्तर्गत आइतबार राति भएको लेगानेसविरुद्धको खेलका क्रममा घाइते भएपछि यमालले स्पेनिस सुपर कप गुमाउने भएका हुन् ।
लेगानेसका डिफेन्डरको ट्याकलका कारण यमालको दायाँ खुट्टाको कुर्कुचामा चोट लागेको छ । चोटका कारण उनले लेगानेसविरुद्धको खेल ७५औं मिनेटमा छाडेका थिए ।
सोमबार बिहान गरिएको स्क्यानपछि यमाल ३-४ साता मैदान बाहिर रहेन पक्का भएको बार्सिलोनाले जनाएको छ ।
सुपरकप जनवरी ८-१२ सम्म साउदी अरेबियामा हुँदैछ । जहाँ बार्सिलोनासँगै रियल मड्रिड, एथ्लेटिक क्लब र मायोर्का सहभागी छन् । पहिलो खेल बार्सिलोनाले जनवरी ८ मा एथ्लेटिक क्लबसँग खेल्दैछ ।
