विराटानगर | मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सोमबारबाट सुरु भएको छ ।

विराटनगर जुटमिल खेलमैदानमा आज देखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ ।

उद्घाटन खेलमा मोरङको बुढीगंगाउँपालिकास्थित जेभियर स्कुललाई टाईब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै मोर्डन एरा स्कुल क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

दुवै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच मोडर्न एराका पानस तामाङ्ग चुनिए ।

भोली मंगलबार तीन खेल हुनेछ । पहिलो खेल रेड स्टर पथरी र कान्तिपुर कलेज विराटनगर , दोस्रो खेल ब्राइटफियूचर स्कुल सुन्दरहरैचा र अर्किड स्कुल विराटनगर तथा तेस्रो खेल आर्दश स्कुल र सगरमाथा स्कुलबीच हुनेछ ।

मिल्स फार्क क्लब रानी विराटनगरको आयोजनामा पुस ६ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ जिल्लाभरीको १२ वटा विद्यालयको सहभागिता रहेको फार्क क्लबका अध्यक्ष धनकुमार लामाले बताए ।

प्रतियोगितामा विजेता टोलीले नगद ५१ हजार र उपबिजेताले ३१ हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र हासिल गर्ने छन् । यसअघि २०७९ सालमा फार्क कल्बको स्थापना गरिएपछि पहिलोपटक विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै २०८० सालमा विभिन्न विद्यालयका एकसय बढी विद्यार्थीलाई सहभागी गराएर क्लबले पहिलो अन्तर विद्यालय टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको आयोजक क्लबले जनाएको छ । यस पटकको प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख खर्च हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *