एसी मिलान इटालियन प्रतिष्ठित प्रतियोगिता कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको अन्तिम १६ अन्तर्गत खेलमा सिरी ए क्लब एसी मिलानले सिरी बी क्लब ससौलोमाथि ६-१ को फराकिलो जित निकाल्दै इटालियन नकआउट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मिलानको घरेलु मैदान स्टाडियो गिउसिप्पे मियाजा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन सामुएल चुकुएजेले दुई गोल गर्दा टिजानी राइन्डर्स, राफायल लियो, डेभिड कालाब्रिया र ट्यामी अब्राहमले एक-एक गोल गरे । पराजित टोलीका लागि भने स्यामुएल मुलाटिएरीले सान्तोना गोल फर्काए ।

खेल सुरु भएको १२ औं मिनेटमा चुकुएजेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि १७ औं मिनेटमा राइन्डर्सले गोल गर्दा मिलान २-० ले अघि बढ्यो ।

त्यस्तै, २१ औं मिनेटमा अब्राहमको पासमा चुकुएजेले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा सिरी ए क्लब ३-० ले अघि बढ्यो । त्यसको दुई मिनेटपछि नै रुवेन लफ्टस चिकको पासमा लियोले गोल गदाए मिलान पहिलो हाफसम्ममा ४-० को फराकिलो अग्रतासहित अघि बढ्यो ।

यता, दोस्रो हाफको ५६ औं मिनेटमा कालाब्रियाले गोल गर्दा मिलान ५-० ले अघि बढ्यो । तर, ५९ औं मिनेटमा जानिस अन्टिस्टको पासमा मुलाटिएरीले भ्रमणकारी टोलीका लागि गोल फर्काउँद खेल ५-१ मा आयो । त्यसको दुई मिनेटपछि नै नोहा ओकाफरको पासमा अब्राहमले गोल थप्दा मिलान ६-१ ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *