लाजियोले युरोपा लिगमा आयाक्समाथि ३-१ को सहज जित निकालेको छ ।

आयाक्सविरुद्ध सहज जित निकालेपछि लाजियो ६ खेलबाट १६ अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एथलेटिको बिलबाओ समान १६ अंकमा दोस्रो स्थानमा छ । लाजियो गोल अन्तरले अगाडि रह्यो ।

बिहिवार राती आयाक्सको घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि लोम टी चाउना, फिसायो डेले बासिरु र पेड्रोले समान एक-एक गोल गरे । आयाक्सका लागि बर्ट्रेंड ट्रावरेले एक गोल फर्काए ।

यसैगरी बिहीवार राती भएको अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले भने रेन्जर्ससँग निराशाजनक १-१ को बराबरी खेल्यो ।

टोटेनहमका लागि डेजान कुलुसेभ्सकी गोल गरे भने रेन्जर्सका लागि हम्जा इगामानेले गोल गरे ।

टोटेनहम ६ खेलबाट ११ अंंक शहित अंंक तालिकाको ९औं स्थानमा छ भने समान खेल खेलेको रेन्जर्स समान ११ अंंक सहित ८औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *