इंग्लिस प्रिमियर लिगमा इप्सविच टाउनलाई पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबार राती भएको खेलमा आर्सनलले इप्सविचलाई १-० ले हरायो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन काई हार्वट्जले निर्णायक गोल गरे । उनले खेलको २३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै आर्सनलले १८ खेलबाट ३६ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित शीर्ष स्थानमा छ भने चेल्सी ३५ अंकसहित तेस्रो स्थानमा छ । पराजित इप्सविच १२ अंंकका साथ रेलिगेशन क्षेत्रमा छ ।
प्रिमियर लिग अन्तर्गत शुक्रबार राती नै भएको अर्को खेलमा ब्राइटन र ब्रन्टफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
