तानसेन-१ लाई मेयर कप उपाधि

२०८१, १२ पुष शुक्रबार २१:४७

पाल्पा । तानसेन नगरपालिका-१ ले नगरस्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा वडा १ ले वडा ९ लाई ३-२ गोलले हराएर उपाधि जितेको हो ।

तानसेन टुंडिखेल मैदानमा वडा १ का प्रवेश सुनारले २५ औं मिनेट र ४८ औं मिनेटमा गोल गरेका थिए । थप एक गोल इमोक रानाले २८ औं मिनेटमा गरेका थिए । वडा ९ बाट दोस्रो हाफको २२ औं मिनेटमा अंकित मश्राङग्र ३० औं मिनेटमा शिव सोमैले गोल गरे ।

फाइनल खेलको म्याद अफ द म्याच वडा १ का प्रवेश सुनार चुनिए । उनले २ हजार रुपैयाँ प्राप्त गरे ।

उपाधिसँगै वडा १ ले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता वडा ९ ले ७५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।

नगरभित्रका ९ वडाको सहभागिता रहेको प्रतियोगितामा विजेतालाई तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहाले पुरस्कार प्रदान गरे ।

उत्कृष्ट खेलाडी ९ का सुदीप थापा, उत्कृष्ट रक्षक १ का प्रवेश सुनार, उदीयमान खेलाडी १ का दानबहादुर बुढामगर, उत्कृष्ट मिडफिल्डर ९ का वसन्तबहादुर राना, उत्कृष्ट गोलरक्षक १ का अजय थापा चुनिएको संयोजक प्रज्वल उदयले बताए । विधागततर्फ उत्कृष्ट सबैले ४-४ हजार रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *