नेपाल प्रिमियर लिगमा बेटिङ खेलाएको आरोपमा प्रहरीको अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनालाई त्रिवि क्रिकेट मैदानबाट पक्राउ गरेको छ ।
पक्राउ परेका चार जना भारतिय नागरिक रहेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । दुई जनालाई सोमबार र दुई जनालाई मंगलबार गरी किर्तिपुरबाट प्रहरीको टोलीले चार जना पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भारतका २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार रहेका छन् ।उनीहरुबाट विभिन्न कम्पनीका ६ थान मोबाइल र चार थान भारतीय आधारकार्ड समेत बरामद भएको छ ।
पक्राउ परेकाहरूमाथि सट्टेबाजी खेलाउने नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ । एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।
