ताप्लेजुङको फुङलिङमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कन्चनजंगा (सेसेलुङ) गोल्ड कपको सेमिफाइनल समीकरण पुरा भएको छ ।

मङ्गलबार सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा न्यू स्टार क्लब बिर्तामोड झापाले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २-१ गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल समीकरण पुरा भएको हो ।

भानु माविको खेलमैदानमा भएको खेलमा न्यू स्टारको जितमा दुई बिदेशी खेलाडी डेनियल र अरमानले समान एक-एक गोल गरे । पराजित फिदिमका लागि निर्देश राईले एक गोल फर्काए ।

खेलको ३४ औं मिनेटमा डेनियलले गोल गर्दै न्यु स्टारलाई अग्रता दिलाएका थिए । तर, फिदिमका तर्फबाट ४३ औं मिनेटमा निर्देश राईले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस पछि दुवै टिमले गोल गर्न नसकिरहेको अवस्थामा बिर्तामोडका लागि खेलको ७८ औं मिनेटमा अरमानले गोल गर्दै न्यु स्टारलाई २- १ को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच बिर्तामोडका डेनियल घोषित भए । उनले नगद रु ५००० सहित मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमीफाइनल खेल सम्दु फुटबल क्लब तेह्रथुम र गोधुली फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ तथा उपविजेताले एक लाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *