इन्डोनेसियाको बालीमा भएको एभीएफ एसियाली भिभोनम मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा विनोद श्रेष्ठ र उमेश महर्जनले पदक जितेका छन् ।

विनोदले पुरुष ७० केजीमा रजत तथा उमेशले पुरुष ६५ केजी तौलसमूहमा कांस्य जितेको प्रशिक्षक राजीव महर्जनले जनाएका छन् ।

प्रशिक्षक महर्जनका अनुसार प्रतियोगितामा २२ राष्ट्रका ३ सय ३५ खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *