काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने भएको छ ।

संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै २९ खेलका खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडी-२०८० बाट सम्मानित गर्ने जानकारी गराएको हो । उक्त सम्मान कार्यक्रमको आयोजना यहि पुस २० गते तार्केश्वर नगरपालिकास्थित मनमैजु मन्दिरको प्राङ्गणमा हुने जनाएको छ ।

१९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रममा सम्मान हुने विधा अन्तर्गत २९ खेलमध्य उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेलाडीमध्य एक पुरुष र एक महिला सर्वोकृष्ट खेलाडीलाई १ लाख रुपैयाँसहित सम्मान गरिनेछ ।

त्यस्तै एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडीले ५० हजार, एक जना पाका खेल व्यक्तिले गजराज आदर्श खेल व्यक्तित्वको रुपमा ३५ हजार, एक खेल पत्रकारले खेल पत्रकारिता पुरस्कार स्वरुप ३५ हजार र एक जना वर्ष उत्कृष्ट पारा खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्ने संघले विज्ञप्ती मार्फत जनाएको छ ।

१९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रममा सम्मान हुने खेलहरुमा फुटबल, एथलेटिक्स, ह्याण्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, व्याडमिन्टन, आर्चरी, साईक्लिङ, फेन्सिङ, पौडी, ट्रयाथलन, कुस्ती, बास्केटबल, कबड्डी, कराते, भलिबल, तेक्वान्दो, क्रिकेट, रग्बी, लन टेनिस, स्क्वास, टेवल टेनिस, बक्सिङ, ई-स्पोर्ट्स, डान्स स्पोर्टस र क्यानोइङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *