युएईमा नेपाललाई २ काँस्य

२०८१, ९ पुष मंगलवार ०९:२७

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा सम्पन्न २० औं पेनकेक सिलात विश्व च्याम्पियनसिपमा नेपालले २ काँस्य पदक हात पार्न सफल भएको छ ।

डिसेम्बर १८ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा सहभागी हुन ५ जना खेलाडी तथा ३ पदाधिकारी सहित ८ सदस्यीय नेपाली टोली सहभागी भएका थिए ।

पदक प्राप्त गर्ने खेलाडीमा तान्डिङ (फाईट) तर्फको महिला ४५ केजी तौल समूहको प्रतिस्पर्धामा लजु चौधरी र पुरुष ८०-८५ केजी तौल समूहमा नविन नेपाली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *