सुमित्रा नगरकोटी र रिना माझी इन्डो-नेपाल मुवाँथाई प्रतियोगितामा विजयी भएका छन् ।
भारतको त्रिपुरामा भएको वान भर्सेस वान फाइटमा दुवैले जित हात पारेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
सुमित्राले महिला ५८ केजी तथा रिनाले महिला ४४ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए ।
सुमित्रा र रिना बाहेक प्रतियोगितामा ४ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । पुरुष ५२ केजीमा सञ्जय राई, ५५ केजीमा निरोज नगरकोटी, ६० केजीमा अकेश केसी र ६३ केजीमा पेम्बा छिरिङ तामाङ पराजित भए ।
