विराटनगर | विराटनगर फुटसल लिगक सातौं चरणका खेलहरु बुधबार समाप्त भएका छन् । रोमाञ्चक खेलहरूसँगै लिगको प्रतिस्पर्धा थप चर्किएको छ।

जारी फुटसल लिगमा एबीपी फाइभ एफसीले आफ्नो दबदबा कायमै राखेको छ । सातौं चरणको खेलमा एबी ५ एफसीले क्लासिको एफसीलाई ९-४ को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा ६ अंंकको अग्रता बनाएको छ ।

यस्तै अर्को खेलमा विराटनगर स्पोर्ट्स एकेडेमीले रि युनाइटेड एफसीलाई ४-२ ले पराजित गर्यो ।

त्यसैगरी, अपटाउन एफसीले स्टार बोइज एफसीलाई २-१ ले पराजित गरेको छ ।

पाँचौं चरणको समाप्ति पछिको अंक तालिका:
एबी ५ एफसी: २१ अंक (शीर्ष स्थान)
स्टार बोइज एफसी: १५ अंक (दोस्रो स्थान)
अपटाउन एफसी: १३ अंक (तेस्रो स्थान)
विराटनगर स्पोर्ट्स एकेडेमी: ६ अंक (चौथों स्थान)
रियुनाइटेड एफसी: ५ अंक (पाँचौं स्थान)
क्लासिको एफसी: १ अंक (छैठौं स्थान)

लिगमा अब तीन चरणका खेलहरू बाँकी रहेका छन् ।स्थानीय फुटबलको विकासलाई गति दिन विराटनगर सिटी फुटबल क्लबको आयोजनामा विराटनगर फुटसल लिग भइरहेको छ ।

प्रतियोगिता विराटनगर मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) मा भइरहेको हो । आयोजकका अनुसार बिजेता टिमले ४० हजार र उपबिजेता २० हजारले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *