लिभरपुलले आइतबार टोटनह्याममाथि फराकिलो जित निकाल्दै प्रिमियर लिगको शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ । लिभरपुुलले टोटनह्यामलाई ६-३ को फराकिलो अन्तरले हराएको हो ।

टोटेनहमको मैदानमा लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २, म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे । टोटेनहमका लागि जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे ।

खेलको १२औं मिनेटमा डियाजको हेडरमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि, म्याक एलिस्टरले २९औं मिनेटमा गोल थप्दै लिभरपुललाई २-० ले अघि राखे ।

तर, ४१औं मिनेटमा म्याडिसनले टोटनह्यामका लागि गोल गर्दै खेल २-१ को स्थितिमा पुर्याए । पहिलो हाफको अतिरिक्त समयमा स्जोबोस्लाईले गोल गर्दै लिभरपुललाई ३-१ को अग्रता दिलाए । दोस्रो हाफमा सालाहले ५२औं र ६५औं मिनेटमा गोल थप्दा लिभरपुल ५-१ ले अघि बढ्यो ।

खेलको ८३औं मिनेटमा सोलान्केले टोटनह्यामका लागि गोल गरे, तर दुई मिनेटपछि डियाजले गोल गर्दै लिभरपुललाई ६-३ को शानदार जित दिलाए ।

जितसँगै लिभरपुल १६ खेलबाट ३९ अंकका साथ प्रिमियर लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानको चेल्सीको १७ खेलबाट ३५ अंक छ । टोटनह्याम भने १७ खेलबाट २३ अंकका सात्ग ११औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *