स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ ।

मंगलबार राती माल्लोर्काको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले मल्लोर्कालाई ५-१ गोल अन्तरले पराजित गरेको हो । आक्रामक पाहुना टोलीको प्रदर्शनले सुरुवातदेखि नै दबाबमा आएको मलोर्का सम्हालिन नसकेपछि घरेलु मैदानमा पाँच गोल खान पुगेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल, टोरेस, डी जोङ र भिक्टरले समान एक-एक गोल गरे । त्यस्तै मल्लोर्काका लागि भेदात मुरीक्यूले एक गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोना १६ खेलमा ३७ अंक सहित लिगको शीर्ष स्थानमा कायम छ भने दोस्रो स्थानको रियाल मड्रिडको ३३ अंक छ । त्यस्तै मल्लोर्काको भने १६ खेलमा २४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *