काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय-११ विरुद्ध एक गोल गरेका छन् ।
३० औं महानगर दिवसको अवसरमा बिहीबार सैनिक मुख्यालय भद्रकालीको फुटबल मैदानमा प्रमुख ११ को टोली ५-२ ले विजयी भएको थियो ।
जनप्रतिनिधिको नेतृत्व बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेका थिए ।
प्रमुख-११ लागि प्रमुख शाहसँगै सन्तोष ढुंगेलले दुई तथा नविन भण्डारी र विनय शाक्यले समान एक गोल गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत-११ का लागि दुवै गोल राजु पौडेलले गरे ।
