दिपक बोहोरा, पाँचथर
पाँचथरमा जारी एघारौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोटिङ क्लब विजयी भएको छ ।
शनिबार फिदिम माबिको खेलमौदान सम्पन्न खेलमा खर्साङ फुटबल क्लब भारत लाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै फिलिम स्पोटिङ क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
गोरहित बराबरीमा खेल सकिएपछि टाइब्रेकरबाट खेलको निणर्य लिइएको थियो ।

फिदिमको तर्फबाट आशिश चापागाइ, बिशाल दर्जि, शुकराज राई र निरोज लिङदेनले गोल गरेका थिए । खर्साङको तर्फबाट टाइब्रेकरमा आकाश प्रधान, बिशाल भण्डारी र प्रशान्त क्षेत्रीले गोल गर्न सफल भए ।
खेलको म्यान अफ दि म्याच फिदिमका गोलरक्षक मिराक खजुम घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

आइतबारको खेल मच्छिन्द्र फुटबल क्लब र झापा ११ बीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ पाउने छ । उपबिजेताले ५ लाख पाँच सय ५५ रुपैंया पाँउनेछ । २०६५ सालमा सञ्चालन भएको १० औं संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो । आयोजकका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फाइनल खेल पुस १५ गते हुनेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।
