इ‌ङ्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राती भएको खेलमा आर्सनल फुलहामसँग १-१ को बराबरीमा रोकिएको हो ।

खेलको ११औं मिनेटमा केनी टेटीले दिएको पासलाई उपयोग गर्दै राउल जिमिनेजले घरेलु टोली फुलहामलाई अग्रता दिलाएका थिए । सो गोल उनको यस सिजनको छैटौँ गोल हो ।

दोस्रो हाफको छैटौँ मिनेटमा कर्नर किकको उपयोग गर्दै विलियम सालिबाले आर्सनललाई खेलमा फर्काए ।

त्यसपछि गोल हुन नसक्दा फुलहाम र आर्सनलले अंक बाँडे । यो बराबरीपछि आर्सनल १५ खेलमा २९ अंक जोड्दै तेस्रो स्थानमा छ भने २३ अंक भएको फुलहाम १० औं स्थानमा छ ।

यस्तै, लिगको अर्को खेलमा लेस्टर सिटी र ब्राइटनले २-२ को बराबरी खेले भने बर्नमाउथले भने इपस्विच टाउनलाई २-१ ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *