इ‌ङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिदा म्यान्चेस्टर युनाइटेड बर्नमाउथसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु टोली एभर्टन ४० हजार समर्थकमाझ गोडिसन पार्कमा भएको खेलमा ठूलो टोली चेल्सीसँग अंक खोस्न सफल भयो । 

बराबरीपछि १७ खेलबाट ३५ अंक जोडेको चेल्सी लिगको दोस्रो स्थानमा कायम छ । एभर्टन १६ खेलबाट १६ अंकसहित १५औं स्थान छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा नै बर्नमाउथसँग ३- ० गोलले पराजित भयो ।

बर्नमाउथलाई जित दिलाउन डिन हुइसेन, जस्टिन क्लुइभर्ट र एन्टोइन सेमेन्योले गोल गरे ।

खेलको २९औं मिनेटमा हुइसेनको गोलमार्फत बर्नमाउथले अग्रता लिएको थियो । ६१औं मिनेटमा क्लुइभर्टले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेटपछि नै सेमेन्योले गोल गर्दै बर्नमाउथलाई ३-० को सहज जित दिलाए ।

जितसँगै बर्नमाउथ १७ खेलमा २८ अंकका साथ २८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड समान खेलबाट २२ अंकका साथ १३औं स्थानमा छ ।

आज नै भएको अर्को खेलमा फुलहम र साउथह्याम्प्टन गोलरहित बराबरी खेल्दा उल्भसले लेस्टर सिटिलाई ३-० गोलले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *