दिपक बोहोरा, पाँचथर

पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ ।

आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ।

फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।

उनले मोफसलका झापा, मोरङ सहित ए डिभिजन र एनएसएल टोलीलाई सहभागी गराउने प्रयास भइरहेको बताए । पुरस्कार राशि पनि पछि नै तय हुने तुम्रोकले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ ।

चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटलब क्लबले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *