इटालियन सिरी ‘ए’ मा एसी मिलान जेनोआसँग बराबरीमा रोकिएको छ।

आईतवार राति भएको खेलमा एसी मिलान तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी जेनोआसंग गोलरहित बराबरीमा रोकिएको हो ।

मिलानको घरेलु मैदान स्टाडियो गिउसिप्पे मियाजा रंगशालामा भएको खेलमा केहि राम्रा गोलका अवसर सिर्जना गरेतापनि गोल गर्न नसक्दा मिलान बराबरीमा रोकियो ।

बराबरीसँगै मिलानले १५ खेलबाट २३ अंक जोडेर लिग तालिकाको आठौं स्थानमा झरेको छ । जेनोआले भने १६ खेलबाट १६ नै अंक जोडेर तालिकाको १३ औं स्थानमा उक्लिएको छ ।

आइतबार राती नै भएको अन्य खेलहरुमा युभेन्टस भेनेजियासंग २-२ को बराबरीमा रोकिँदा रोमा भने कोमोसंग २-० ले स्तब्ध बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *