इङ्लिस प्रिमियर लिग क्लव टोटनहम हटस्पर इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहिवार राति भएको क्वाटरफाइनल खेलमा टोटनहम हटस्परले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । हारसँँगै म्यानचेस्टर युनाइटेड इएफएल कपबाट बाहिरिएको छ ।

टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन डोमिनिक सोलान्केले दुई गोल गर्दा डिजेन कुलुसेभ्स्की र सन ह्युङ मिनले एक-एक गोल गरे ।

पराजित युनाइटेडका लागि भने जोसुआ जिर्जी, एमड डियालो र जोनी इभान्सले गोल फर्काए ।

पहिलो हाफको १५ औं मिनेटमा सोलान्केले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो । त्यसपछि दोस्रो हाफको ४६ औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दा स्पर्स २-० ले अघि बढ्यो

त्यस्तै, ५४ औं मिनेटमा सोन्लान्केले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा टोटनहम ३-० ले अघि बढ्यो । तर, ६३ औं मिनेटमा जिक्र्जीले गोल फर्काउँदा खेल ३-१ को अवस्थामा आयो । त्यस्तै, ७० औं मिनेटमा डियालोले गोल फर्काउँदा खेल ३-२ को रोमाञ्चक मोडमा आयो ।

तर, ८८ औं मिनेटमा सनले गोल गर्दा टोटनहम ४- २ ले अघि बढ्यो । यता, इन्जुरी समयको चौथौं मिनेटमा डियालोको पासमा इभान्सले गोल फर्काउँदा खेल ४-३ ले सकियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *