रामधुनी | सुनसरीको न्यू स्टार फुटबल क्लब भरौल तेस्रो रामधुनी मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा सुनसरीको तालतलैया फुटबल क्लब इटहरीलाई ३–१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । न्यु स्टारले उपाधिका लागि एपीएफ क्लब पकलीसँग प्रतिस्पर्धा गर्नेछ ।

न्यु स्टारलाई फाइनल पुराउनका लागि संजय श्रेष्ठले दुई तथा सचीन राईले एक गोल गरे । तालतलैयाका निबास फुयालले एक गोल फर्काए ।
खेलको म्यान अफ दि म्याच न्यु स्टारका संजय श्रेष्ठ घोषित भए । उनले नगद २५०० पाए ।

प्रतियोगिताका विजेताले १ लाख १ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।
