खराब लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगमा पुनः पराजित भएको छ ।

एलियान्ज स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले सिटीलाई २-० ले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो । वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो ।

च्याम्पियन्स लिगमा ६ खेलमा युभेन्ट्सको यो तेस्रो जित हो । टोलीले २ खेलमा बराबरी र अर्कोमा हार बेहोरेको थियो।

सिटीले च्याम्पियन्स लिगमा यो सिजन २ जित, २ बराबरी र २ खेलमा हार बेहोरेको छ । समग्रमा पछिल्ला १० खेलमा सिटीले १ खेल जितेको छ ।

इटालियन सिरी एमा अंक तालिकाको छैटौं स्थानमा रहेको युभेन्ट्सले १५ खेलमा ९ खेलमा बराबरी खेलेको छ । टोली यो सिजन सिरिजमा अपराजित छ ।

सन् २०२३ मा च्याम्पियन्सिप लिगसहित ५ वटा उपाधि जितेको सिटी प्रिमियर लिगमा अहिले चौथो स्थानमा छ । १५ खेलमा टोलीले ८ खेल जित्दा ४ खेलमा हार बेहोरेको छ ।

च्याम्पियन्स लिगमा ११ अंकसहित युभेन्ट्स १४ औं स्थान र ८ अंकका साथ सिटी २२ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *