बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा बुरुसिया डर्टमण्डमाथि कठिन जित निकालेको छ ।

बुधवार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बुरुसिया डर्टमण्डमाथि ३-२ को प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

डर्टमण्डको घरेलु मैदान सिग्नल इस्डुना पार्क रंगशालामा भएको खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले दुई गोल गर्दा राफिन्हाले एक गोल गरे । पराजित घरेलु टोलीका लागि भने सेरहौ गुइरास्सेले दुई गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५२ औं मिनेटमा ड्यानी ओल्मोको पासमा राफिन्हाले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलायो ।

तर, ६० औं मिनेटमा गुइरास्सेले पेनाल्टीबाट गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो । त्यस्तै, ७५ औं मिनेटमा टोरेसले गोल थप्दा स्पेनिस क्लब २-१ ले अघि बढ्यो ।

त्यसको ३ मिनेटपछि नै पास्कल ग्रोबको पासमा गुइरास्सेले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा खेल २-२ को बराबरीमा आयो । यता, ८५ औं मिनेटमा टोरेसले गोल थप्दा क्याटलान क्लब ३-२ ले विजयी भयो ।

जितसंगै बार्सिलोनाले ६ खेलबाट १५ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नकआउट चरण प्लेअफ पहिल्यै सुरक्षित गरेको बार्सिलोनाले एक खेल गुमाउँदा घाटा लागेको छ । पराजित डर्टमण्डको समान ६ खेलबाट १२ अंकसहित तालिकाको नवौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *