नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्ष पदका लागि मात्रै निर्वाचन हुने भएको छ ।
अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि बर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसँगै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका अध्यक्ष तेजबहादुर गुरुङले दाबेदारी पेश गरेका छन् ।
आगामी शनिबार हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दर्ता भएको थियो । र, मंगलबारसम्म उम्मेदवारी फिर्ता लिने समयसिमामा उनीहरु कसैले पनि उम्मेदवारी फिर्ता नलिए पछि तीनैजना बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।
उता, कबड्डीकी तुलशा थापा र जुडोका दीपकहर्ष बज्राचार्यले उम्मेदवारी फिर्ता लिएपछि उपाध्यक्ष्यमा वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणा निर्बिरोध निर्वाचित भएकि छन् ।
प्रतिस्पर्धामा रहेका धेरैजसोले उम्मेदवार फिर्ता लिए पछि एनओसीमा अब पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य, सुटिङका पुश्पदाश श्रेष्ठ र साइक्लिङका गोपाल सुन्दरलाल कशापती निर्विरोध हुन पुगेका छन्
महासचिवमा नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ पनि निर्विरोध निवार्चित हुदाँ सहमहासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घले तथा सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ पनि निर्विरोध हुन सफल भएका छन् ।
यता एनओसीको भावी कार्यसमितिमा सदस्यमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भएको जनाईएको छ ।
