नेपालले १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियन्सीप २०२४ मा तीन रजत पदक हासिल गरेको छ ।
रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार नेपाललाई पदक दिलाए ।
विश्व बडिबिल्डङ एन्ड फिजिक स्पोर्टस फेडरेसन्ससँगको सहकार्यमा बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सद्वारा आयोजित मालेमा भएको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्षमाथि र रजनीले ५५ केजीमाथि रजत पदक हात पारे ।
प्रतियोगितामा नेपालका ६ खेलाडीले सहभिागता जनाएका छन् । ललित धिमाल, रजित आचार्य र सनम मुलगुठीले शनिबार प्रतिस्पर्धा गर्नेछन् ।
