नेपाली बेसबल टोली अरब क्लासिक लिगमा शुक्रबार पराजित भएको छ ।
नेपाल साउदी अरबियासँग १४-२ पराजित भएको हो । नेपालको यो दोश्रो हार हो ।
यसअघि नेपाल प्यालेस्टाइनसंग १७-२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले जनाएका छन् ।
नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, प्यालेस्टाइन र साउदी अरयिबा छन् । दुबइमा जारी प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार श्रीलंकाविरुद्ध खेल्ने छ ।
