स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना गएराती भएको खेलमा सेल्टा भिगोसँगको खेलमा २-२ गोलको बराबरीमा रोकिएको हो ।
दुई मिनेटको अन्तरमा दुई गोल खाएपछि बार्सिलोनाले आफ्नो ठोस अग्रता गुमाएको हो र यससँगै एकै अंकमा चित्त बुझाउन बाध्य रह्यो ।
राफिन्हाको गोलले अग्रता लिएको बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्कीले दोस्रो गोल थपे र टिम २-० ले अगाडि रह्यो । त्यसपछि सेल्टा भिगोका लागि एलफोन गोन्जालेजले ८४ र ह्युगो अल्भारेजले ८६ औं मिनेटमा गोल फर्काए ।
मार्क कसाडोलाई रातो कार्डमा गुमाएपछि बार्सिलोना खेलको अन्त्यतिर दस खेलाडीमा सीमित रहेको थियो ।
लिगको अर्को खेलमा एटलेटिको म्याड्रिडले डेपोर्टिभो लाकुरुनालाई २-१ ले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लोलिएको छ ।
लिगमा बार्सिलोना १४ खेलबाट ३४ अंक सहित शीर्ष स्थानमा कायम छ । समान खेल खेलेको एटलेटिको म्याड्रिड २९ अंक सहित दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको रियल म्याड्रिड भने १२ खेलबाट २७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
