हेल्प नेपाल स्पोर्टस क्लबको कप्तानमा दीपक थापाले निरन्तरता पाएका छन् ।

नेपालमा यसै महिना नेपालमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि दिपकलाई कप्तानको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको‌ छ ।

दीपककै कप्तानीमा हेल्प नेपाल आठौं प्रधानमन्त्री कप एनभिए लिगको उपाधि जितेको थियो । विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।

हेल्प नेपालले यस अघिनै मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको थियो ।

प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमै हुँदैछ । प्रतियोगितामा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । आयोजक भएकाले नेपालबाट भने दुई क्लबले सहभागिता जनाउने पक्का भएको हो ।

प्रतियोगिताका लागि हेल्प नेपालले विदेशी खेलाडीसँगै नेपालका अन्य विभागीय टोलीबाट पनि खेलाडी अनुबन्ध गरेर टिम निर्माण गर्ने तयारी गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *