हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेशले नेपालमै अर्को महिना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप खेल्ने भएका छन् ।
प्रधानमन्त्री कप एनभिए लिगको विजेता र उपविजेताको रुपमा हेल्प नेपाल र गण्डकी प्रदेशले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।
नेपाल आयोजक भएका कारण दुई क्लबले सहभागिता जनाउने पाएका हुन् । प्रतियोगितामा सेन्ट्रल र एसिया विभिन्न राष्ट्रका लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् ।
